२०८० फागुन ०९ बुधबार
काठमाडौं- नेपालले आईसीसी विश्वकप लिग–२ अन्तर्गत आफ्नो
तेस्रो खेलमा नामिवियासँग टस हारेर पहिला ब्याटिङ गर्ने भएको छ।
कीर्तिपुरस्थित अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा भ्रमणकारी
टोली नामिबियाले टस जिती पहिले फिल्डिङ गर्ने निर्णय लिएको हो ।
नेपालले आजको खेल टोलीमा एक परिवर्तन गरेको छ । गुलशन झा
बेन्चमा बस्दा करण केसी टोलीमा फर्किएका छन् ।
नामिवियाले पहिलो खेलमा नेपाललाई ४ विकेटले हराएको थियो ।
टस हारेर पहिला ब्याटिङको निम्तो पाएको नेपाल १३२ रनमै अल आउट हुनपुगेको थियो ।
दोस्रो खेलमा नेपालले विश्वकपमा दक्षिण अफ्रिका र बंगलादेशलाई हराएको
नेदरल्यान्ड्सलाई ९ विकेटले पराजित गरेको थियो ।
नेपालको प्लेइङ ११ : रोहित पौडेल (कप्तान), आसिफ शेख, कुशल भुर्तेल, कुशल मल्ल, भीम सार्की, अनिल कुमार शाह, दीपेन्द्र सिंह
ऐरी, सोमपाल कामी, करण केसी, ललित राजवंशी र देव खनाल ।
बेन्चमा आरिफ शेख, पवन सर्राफ, गुलशन झा र सूर्य तामाङ ।
नेदरल्यान्ड्सलाई १३७ रनमा अल आउट गर्दै उक्त लक्ष्य
नेपालले १५।२ ओभरमा पूरा गरेको थियो । अनिल शाह र कुशल भुर्तेलले आक्रामक ब्याटिङ
गरेका थिए । आसिफ शेखले पनि अर्धशतक प्रहार गरेका थिए । नेपाल र नामिवियाबीच
ओडीआईमा ७ खेल भएका छन् । जसमा नेपाल २ खेलमा विजयी र ४ खेलमा पराजित भएको थियो ।
© Lok Kalam . Designed and Developed by Goldenmud Creation