काठमाडौं- स्विट्जरल्याण्डले क्यामरुनलाई पराजित गर्दै कतारमा जारी फिफा विश्वकप फुटबलमा विजयी सुरुआत गरेको छ। कतारको अल जानुब स्टेडियममा आज भएको खेलमा क्यामरुनलाई १-० गोलले हराउँदै स्विट्जरल्याण्डले विजयी सुरुआत गरेको हो।
स्विट्जरल्याण्डको जितमा ब्रिल एम्बोलोले गरेको एक गोल नै निर्णायक गोल साबित भयो । उनले खेलको ४८ औँ मिनेटमा साकिरीको पासमा गोल गरेका थिए। यस जितसँगै समूह ‘जी’ मा रहेको स्विट्जरल्याण्डले ३ अङ्क जोडेको छ।
समूह जी अन्तर्गत आज हुने अर्को खेलमा पाँच पटकको विश्व विजेता ब्राजिलले सर्बियाको सामना गर्नेछ। त्यसैगरी समूह एच मा आजै उरुग्वे र दक्षिण कोरिया तथा पोर्चुगल र घानाबीच प्रतिस्पर्धा हुनेछ।
© Lok Kalam . Designed and Developed by Goldenmud Creation