३१ असार २०८१, आइतबार

स्वतन्त्रलाई चुनाव चिह्न : त्रिभुज, कैँची र माछादेखि डोजरसम्म, कसले के पाए?

  • २७ असोज २०७९, बिहिबार
Image

काठमाडौं- मंसिर ४ मा हुने प्रतिनिधि तथा प्रदेशसभा निर्वाचनको उम्मेदवारका लागि निर्वाचन आयोगले बुधबार चुनाव चिह्न प्रदान गरेको छ।

आधिकारिता पाएका दलहरुलाई सम्बन्धित दलको चुनाव चिह्न प्राप्त गरे भने स्वतन्त्र हैसियतले उम्मेदवारी दिनेहरुले फरक चुनाव चिह्न पाएका छन्। एमालेबाट छाडेर रुपन्देही १ मा स्वतन्त्र उम्मेदवार बनेका पूर्वउपमहासचिव घनश्याम भूसाललाई त्रिभुज चुनाव चिह्न परेको छ।

उनलाई सत्तारुढ गठबन्धनले सघाउने भएको छ।

त्यसैगरी माओवादी केन्द्र छाडेर उम्मेदवार धनकुटामा प्रतिनिधिसभाको उम्मेदवार बनेका हेमराज भण्डारीले माछा चुनाव चिह्न प्राप्त गरेका छन्।

माछा चुनाव चिह्न प्राप्त गर्ने भण्डारीमात्रै होइन स्वतन्त्र उम्मेदवार बनेका व्यक्तिहरुसमेत छन्। कांग्रेसबाट बागी बनेर चितवन-३ बाट उम्मेदवारी दिएका दिनेश कोइराला, सर्लाही-४ का अमरेस सिंह, कैलाली-५ का पुष्करनाथ ओझाको पनि चुनाव चिह्न माछा परेको छ।

कांग्रेस केन्द्रीय सदस्य अमरेस सिंह सर्लाही-४ का निर्वतमान सांसद हुन् भने ओझा २०७४ सालमा पनि स्वतन्त्र उम्मेदवार बनेका थिए। गत स्थानीय तह चुनावमा मेयरमा स्वतन्त्र उम्मेदवार बनेका कांग्रेसका पुराना नेता जगन्नाथ पौडेलले सूर्यमुखी फूल चुनाव चिह्न पाएका छन्।

एमालेको टिकट छाडेर स्वतन्त्र उम्मेदवारी दिएका रौतहट-३ का प्रभु साहलाई चापाकल चुनाव चिह्न परेको छ। एमाले स्थायी कमिटीका सदस्य साहलाई सत्तारुढ गठबन्धनले समर्थन गरेको छ।

झापा-५ बाट स्वतन्त्र उम्मेदवारी दिएका लेखक युग पाठकलाई पुतली चुनाव चिह्न परेको छ।

त्यसैगरी डडेलधुराबाट उम्मेदवारी दिएका सागर ढकाललाई सिरिन्ज, काभ्रे-२ बाट उम्मेदवारी दिएका फिल्म निर्देशक मनोज पण्डितलाई डोजर र तनहुँ-१ बाट स्वतन्त्र उम्मेदवारी दिएका पूर्वमन्त्री गोविन्दराज जोशीलाई कैँची चुनाव परेको छ।

रुपन्देही-१ घनश्याम भुसाल : त्रिभुज

धनकुटा- हेमराज भण्डारी : माछा

सुनसरी-१ मनोज मेन्याङ्बो : खरायो

झापा-५ युग पाठक : पुतली

झापा-२ स्वागत नेपाल : क्रस खुकुरी

झापा- ४ खुश्वु ओली : क्रस खुकुरी

चितवन-३ दिनेश कोइराल : माछा

चितवन-३ जगन्नाथ पौडेले : सूर्यमुखी फुल

रौतहट- ३ प्रभु साह : चापाकल

सर्लाही- ४ अमरेश सिंह : माछा

डडेलधुरा - सागर ढकाल : सिरिन्ज

तनहुँ- १ गोविन्दराज जोशी : कैँची

कैलाली-५ पुष्करनाथ ओझी : माछा

काभ्रे-२ मनोज पण्डित : डोजर

प्रतिक्रिया

सम्बन्धित खवर