बारा- बारा निर्वाचन क्षेत्र ४ बाट प्रतिनिधिसभा सदस्यमा सत्ता गठबन्धनका उम्मेदवार किसान श्रेष्ठ विजयी भएका छन्। नेकपा एकीकृत समाजवादीका श्रेष्ठ करिब १० हजार मतान्तरले विजयी भएका हुन्।
२०७४ को निर्वाचनमा तनहुँ–१ बाट निर्वाचित श्रेष्ठ यस पटक बारा-४ बाट उम्मेदवार बनेका हुन्। श्रेष्ठले २९ हजार ५०५ मत प्राप्त गर्दा उनका निकटतम प्रतिस्पर्धी एमाले उम्मेदवार एकवाल मियाँले १९ हजार ४३९ मत प्राप्त गरे।
© Lok Kalam . Designed and Developed by Goldenmud Creation