८ कार्तिक २०८३, शनिबार

इजरायलले थप एक हजार नेपाली कामदार लैजाने

  • ३० साउन २०७९, सोमबार
Image

काठमाडौं- इजरायलले थप एक हजार नेपाली कामदार लैजाने भएको छ। सोमबार श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शेरबहादुर कुँवरसँगको भेटमा इजरायलका राजदुत खनान गोदेरले यस्तो जानकारी गराएका हुन्।

भेटमा मन्त्री कुँवरलाई राजदूत गोदेरले आइतबार मात्रै इजरायल सरकारले थप १ हजार नेपाललाई कृषि क्षेत्रमा लैजाने विषय टुंगोमा पुगेको बताए।

त्यस्तै उनले यसअघि सहायक कामदारको लागि ९ हजार ६ सय ९९ जनाले निवेदन दिएकोमा एक हजार एक सय ४७ जना कामदार छनौट भएर इजरायल जाने तयारीमा रहेको पनि जानकारी गराएका थिए।

भेटमा मन्त्री कुँवरले गोदेरलाई नेपाली जनतालाई इजरायल सरकाले उपलब्ध गराएका सबै प्रकारका सहयोगका लागि धन्यवाद दिएका थिए । साथै उनले आगामी दिनमा पनि इजरायल सरकारले नेपालका कृषि, पर्यटन, उद्योग लगायतका विभिन्न क्षेत्रमा सहयोग गर्न अनुरोध गरेका छन्।

मन्त्री कँवरले श्रम मन्त्रालयले भर्खरै विदेशबाट फर्किएका नेपाली कामदारको लागि पुन: एकीकरणको नीति पारित गरेकाले यसमा इजरायलका लगानी कर्तालाई सहयोग गर्न पनि आग्रह गरेका छन्।

त्यस्तै उनले अहिले थुप्रै नेपालीले इजरायल जान चाहेकाले छिटो भन्दा छिटो उनीहरूलाई इजरायल लैजाने वातावरण बनाइ दिन राजदूत गोदेरलाई अनुरोध गरे।

प्रतिक्रिया

सम्बन्धित खवर