अछाम- अछाम क्षेत्र नं २ मा लोकतान्त्रिक-वाम गठबन्धनका साँझा उम्मेदवार नेपाली कांग्रेस अछामका सभापति पुष्पबहादुर शाह विजयी भएका छन्। शाह २२ हजार नौ सय ५४ मत ल्याएर शाह विजयी भएका हुन्।
उनका निकटतम प्रतिद्वन्द्वी एमालेका यज्ञबहादुर बोगटीले १६ हजार एक सय १४ मत प्राप्त गरेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।
बोगटी र शाहको मतान्तर छ हजार आठ सय ४० मत रहेको छ। अछाम-२ मा ७९ हजार छ सय २१ मतदाता सङ्ख्यामध्ये ४१ हजार आठ सय ८१ मत खसेको थियो।
© Lok Kalam . Designed and Developed by Goldenmud Creation