८ कार्तिक २०८३, शनिबार

सरकारले लियो विप्लवका मुद्दा फिर्ता, नेकपाद्वारा सरकारको प्रसंशा

  • ३० भदौ २०७९, बिहिबार
Image

काठमाडौं- सरकारले नेत्रविक्रम चन्द (विप्लव) नेकपाका नेताकार्यकर्तामाथि लागेका मुद्दा फिर्ता लिएको छ। भदौ २७ गते बसेको मन्त्रिपरिषद बैठकले नेकपाका नेता-कार्यकतामाथि लागेका सम्पूर्ण मुद्दा फिर्ता गर्ने निर्णय गरेको हो।

सरकारले मुद्दा फिर्ता लिने निर्णयलाई नेकपाले सकारात्मक रुपमा लिँदै सरकारलाई धन्यावाद दिएको छ। नेकपाका प्रवक्ता खड्गबहादुर विश्वकर्मा (प्रकाण्ड)ले विज्ञप्ति जारी गर्दै सरकारको प्रशंसा गरेका हुन्।

करिब डेढ महिना अघि मात्रै जिल्ला अदालत ललितपुरले गत साउन ६ गते नेकपाका नेता कार्यकर्तामाथि ३५ दिने पक्राउ पूर्जी नै जारी गरेको थियो। त्यसपछि नेकपा सरकारप्रति असन्तुष्ट भएको थियो।

सशस्त्र गतिविधि गरेको भन्दै तत्कालीन केपी शर्मा ओली सरकारले नेकपालाई आपराधिक समूह भन्दै प्रतिबन्ध नै लगाएको थियो प्रतिबन्धको करिब २ वर्षपछि ओली नेतृत्वको सरकारले २०७७ फाुगन २१ गते तीन बुुँदे सहमति गर्दै विप्लव नेकपालाई मुलधार ल्याउँदै प्रतिबन्ध फुकुवा गर्नेदेखि सम्पूर्ण मुद्दा फिर्ता लिने सहमति भएको थियो।

उक्त सहमति शेरबहादुर देउवा नेतृत्वको सरकारले कार्यान्वय गर्दै मुद्दा फिर्ता लिने निर्णय गरेको हो। सरकारको यो निर्णयसँगै जेलमा रहेका नेकपाका ४० नेता कार्यकर्ता रिहा हुने बाटो खुलेको छ भने विप्लवसहितका नेतामाथि लागेको मुद्दाहरु फिर्ता हुने भएको छ।

कतृत्व्य ज्यानदेखि, राज्य विप्लव, संगठित, हातहतियार तथा खरखजना, बिस्फोटक पदार्थलगायतका मुद्दा नेकपाका नेता-कार्यकतामाथि लागेको छ।


प्रतिक्रिया

सम्बन्धित खवर