८ कार्तिक २०८३, शनिबार

जसपाले खोल्यो खाता, पर्सा १ बाट प्रदीप यादव विजयी

  • ७ मंसिर २०७९, बुधबार
Image

पर्सा- जनता समाजवादी पार्टी (जसपा)बाट पर्सा क्षेत्र नम्बर १ का प्रदीप यादवले खाता खोलेका छन् । नेपाली कांग्रेसका बागी उम्मेदवार अजयकुमार द्धिवेदीलाई पराजित गर्दै यादव निर्वाचित भएका हुन्।

यादवले २२ हजार ५३७ मत ल्याएर विजयी भए भने द्धिवेदीले २० हजार ९१७ मत ल्याएर पराजित भएका हुन् । यादव र द्धिवेदीबीच १ हजार ६२० मत अन्तर छ।

तेस्रो स्थानमा राप्रपाका किरणमान डंगोलले २ हजार ६ सय ५१ मत ल्याए भने सत्ता गठबन्धनका साझा उम्मेदवार लोकतान्त्रिक समाजवादी लोसपा का नेता लक्ष्मणलाल कर्णले १ हजार १ सय १७ मत मात्रै पाएका छन्।

यादव २०७४ सालको चुनावमा यहीँ क्षेत्रबाट निर्वाचित भएका थिए । उनको यो दोस्रो पटकको संसद् यात्रा हो। पार्टी अध्यक्ष उपेन्द्र यादव भने सप्तरी २ बाट जनमत पार्टीका अध्यक्ष सिके राउतसँग पराजित भएका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर