९ कार्तिक २०८३, आइतबार

नेकपा समाजवादीले उम्मेदवार छान्न जारी गरेको यस्तो छ सर्कुलर

  • २८ चैत २०७८, सोमबार
Image

काठमाडौं- नेकपा एकीकृत समाजवादीले स्थानीय तह निर्वाचनमा उम्मेदवार सिफारिसका लागि सर्कुलर जारी गरेको छ। उम्मेदवार सिफारिसका लागि वडा कमिटीले चैत ३० गतेसम्म, पालिका कमिटीले वैशाख २ भित्र र जिल्लाले वैशाख ४ तथा प्रदेश कमिटीले वैशाख ६ गतेभित्र गरिसक्न सर्कुलर गरिएको हो।

केन्द्रीय कमिटीले गर्नुपर्ने महानगर र उपमहानगरको टिकटको निर्णय वैशाख ८ गतेभित्र गरिसक्ने भएको छ। उम्मेदवार सिफारिसका लागि मापदण्ड तोकेर पठाएको छ। केन्द्रीय सचिवालयको बैठकले स्थानीय तह निर्वाचन परिचालनका लागि अध्यक्ष माधवकुमार नेपालको संयोजकत्वमा ११ सय ११ सदस्यीय मूल निर्वाचन परिचालन कमिटी गठन गरेको प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले बताए।

बैठकले उम्मेदवार सिफारिसको मापदण्ड र समयसीका साथै निर्वाचन तयारी सम्बन्धी विभिन्न निर्णय समेत गरेको छ। बैठकले महासचिव डा. बेदुराम भुसालको संयोजकत्वमा निर्वाचन परिचालन केन्द्रीय सचिवालय गठन गरेको छ।

सचिवालयमा प्रकाश ज्वाला, गंगालाल तुलाधर, विजय पौडेल, जगन्नाथ खतिवडा, जीवनराम श्रेष्ठ, विश्वनाथ प्याकुरेल, सोमप्रसाद पाण्डे, केदार सन्जेल, सूर्य खी र द्रोणाचार्य क्षेत्री सदस्य रहेका छन् । 

" target="_blank">


प्रतिक्रिया

सम्बन्धित खवर