काठमाडौं- प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्यको निर्वाचनमा प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले मतदान गरेका छन्। आइतबार बिहान ७ बजे लोकन्थलीस्थित युनिक नेपाल एकेडेमी केन्द्रबाट उनले मतदान गरेका हुन्।
सुरुमा फरक क्षमता भएका दीपेन्द्र गिरीले मत दिएपछि थपलियाले मतदान गरेका हुन् । मुलुक हाँक्ने प्रतिनिधि छनोट गर्ने प्रदेश तथा प्रतिनिधिसभाको चुनाव आइतबार बिहान ७ बजेदेखि सुरु भएको छ।
निर्वाचन आयोगका अनुसार बिहान ७ बजेदेखि बेलुका ५ बजेसम्मका लागि मतदानको समय तोकिएको छ। देशभर १० हजार ८ सय ९२ मतदानस्थलका २२ हजार २ सय २७ मतदान केन्द्रमा मतदान भइरहेको छ भने १४१ स्थानमा अस्थायी मतदानस्थल तोकिएको छ।
© Lok Kalam . Designed and Developed by Goldenmud Creation