९ कार्तिक २०८३, आइतबार

एमालेले बनायो टिकट वितरणको विधि: कुन तहको टिकट कसले दिने?

  • २ चैत २०७८, बुधबार
Image

काठमाडौं- नेकपा एमालेले स्थानीय तहको निर्वाचनमा उमेदवार सिफारिस गर्ने विधि र प्रक्रिया टुंगो लगाएको छ । मंगलबार बसेको सचिवालय बैठकले उक्त विधिको टुंगो लगाएको प्रचार विभाग प्रमुख पुथ्वीसुब्बा गुरुङले जानकारी दिए । 

उनका अनुसार वडा अध्यक्ष र सदस्यहरुको निर्णय जिल्ला कमिटीले गर्नेछ अर्थात् उनीहरुलाई टिकट जिल्ला तहले वितरण गर्नेछ ।

नगरपालिकाको मेयर र उपमेयर, गाउँपालिका अध्यक्ष र उपाध्यक्षको जिल्लाको सिफारिसमा प्रदेशले गर्ने उनले बताए । त्यसैगरी महानगर र उपमहानगरपालिकाको मेयर र उपमेयरको सिफारिस जिल्ला र प्रदेशले गर्ने तर निर्णय केन्द्रले गर्ने गुरुङले जानकारी दिए । नेकपा एमालेको यो पुरानै विधि हो । यही पुरानो विधि पारित गरिएको उनले जानकारी गराए ।

मापदण्डको निर्णय भने केन्द्रीय कमिटीले गर्ने उनले बताए ।

प्रतिक्रिया

सम्बन्धित खवर