काठमाडौं- गृहमन्त्री बालकृष्ण खाणले हतियार किन्ने सरकारको कुनै पनि योजना नरहेको स्पष्ट पारेका छन्। नेपाली कांग्रेसका केन्द्रीय सदस्य समेत रहेका खाणले पार्टीको केन्द्रीय समितिको बैठकमा सो ब्रिफिङ गरेका हुन् ।
आर्थिक संकटका बीच सरकारले नेपाली प्रहरीका लागि महँगो शुल्कमा हतियार किन्न लागेको भन्दै यतिबेला चौतर्फी आलोचना भइरहेको छ।
उनले भने, 'हतियार किन्ने प्रहरीको नियमित प्रक्रिया हो। यो पुरानो निर्णय हो। हतियार किन्ने योजना यो सरकारको छैन । हतियार किन्ने पैसा पनि छैन।' उनले हतियार किन्ने प्रक्रिया अघि नबढ्ने बताए।
© Lok Kalam . Designed and Developed by Goldenmud Creation