९ कार्तिक २०८३, आइतबार

लोसपाका प्रदेश सभा उम्मेदवार मेहताको उम्मेदवारी खारेज

  • ३० कार्तिक २०७९, बुधबार
Image

काठमाडौं- निर्वाचन आयोगले समाजवादी नेपाल पार्टीका उम्मेदवार सन्तोषकुमार मेहताको उम्मेदवारी खारेज गरेको छ।

आयोगले बुधबार मंसिर ४ मा हुने प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचन अन्तर्गत सुनसरीको प्रदेशसभा सदस्य निर्वाचन क्षेत्र नं. ४ (२) मा जसपाका उम्मेदवार मेहताको उम्मेदवारी खारेज गरेको हो।

प्रदेशसभा सदस्य निर्वाचन ऐन २०७४ को दफा १३ खण्ड (च) बमोजिम मेहताले बहुविवाहसम्बन्धी कसुरमा सजाय पाएको आयोगले जनाएको छ।

आयोगका अनुसार त्यस्तो सजाय भुक्तान गरेको मितिले ३ वर्ष पूरा नभएकाले उनको उम्मेदवारी अयोग्य ठहर भएर खारेज गरिएको हो।

प्रतिक्रिया

सम्बन्धित खवर