८ कार्तिक २०८३, शनिबार

गण्डकीका भौतिक पूर्वाधारमन्त्री बर्खास्त

  • २९ कार्तिक २०७९, मङ्गलबार
Image

कास्की- गण्डकी प्रदेश सरकारका भौतिक पूर्वाधार तथा यातायातमन्त्री कुमार खड्का बर्खास्त भएका छन्।  मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले उनलाई बर्खास्त गरेका हुन्।

खड्काले समाल्दै आएको मन्त्रालय मुख्यमन्त्री पोखरेल आफैंले सम्हाल्ने गरि हटाएका हुन्। खड्काले गठबन्धनका कास्की-२ ख का उम्मेदवार विन्दुकुमार थापालाई असहयोग गरेको भन्दै मुख्यमन्त्री पोखरेलले बर्खास्त गरेको बताइएको छ।

खड्काले पछिल्लो समय गठबन्धनका उम्मेदवारविरुद्ध माग्दै हिँडेको आरोप छ। खड्का ०७४ सालमा निर्वाचनमा समानपातिकबाट गण्डकी प्रदेश सभा सदस्य पदमा निर्वाचित भएको थिए।

बागी फिर्ता लिएपनि एमालेसँग मिलेर भोट काट्ने योजना बनाएपछि उनलाई बर्खास्त गरिएको एक मन्त्रीले बताए। मन्त्री खड्काले भने आफूलाई बर्खास्त भएको खबर प्राप्त नभएको  सुनाए।

खड्का २०७८ साउन ८ मा मन्त्रीमा नियुक्त भएका थिए। यसअघि सत्ता गठबन्धनकै उम्मेदवारलाई असहयोग गरेको आरोपमा ऊर्जा, जलस्रोत तथा खानेपानीमन्त्री हरिशरण आचार्यलाई पनि बर्खास्त गरिएको थियो।

प्रतिक्रिया

सम्बन्धित खवर