काठमाडौं- ललितपुरको जावलाखेलमा शनिबार रातो मच्छिन्द्रनाथको भोटो देखाइएको छ। पाटनस्थित मंगलटोलको मणिमण्डप पाटीमा साइत हेरेपछि कीर्तिकिरण जोशीले २१ जेठमा रातो मत्छिन्द्रनाथको भोटो देखाउने जात्रा साइत निकालेका थिए।
राष्ट्रपति विद्यादेवि भण्डारी, सभामुख अग्नि सापकोटा लाययतको उपस्थितिमा भोटो देखाइएको थियो। भोटो देखाएपछि मच्छिन्द्रनाथलाई खटमा राखेर बुङमती मन्दिरमा लगिन्छ।
बुङमती मन्दिरमा ६ महिना राखिन्छ भने पाँच महिना पाटनको मच्छिन्द्रवहालस्थित मन्दिरमा सारिन्छ। हरेक १२ वर्षमा भने पाटनबाटै रथ तानेर बुङमति पुर्याउने गरिन्छ । २०७२ सालमा मनाइएको मच्छिन्द्रनाथको १२ वर्षे जात्रा अब २०८४ सालमा मनाइन्छ।












© Lok Kalam . Designed and Developed by Goldenmud Creation