८ कार्तिक २०८३, शनिबार

कालापानी, लिपुलेक र लिम्पियाधुरा क्षेत्र कुटनीतिक पहलबाटै फिर्ता हुन्छ : प्रधानमन्त्री देउवा

  • २३ कार्तिक २०७९, बुधबार
Image

दार्चुला- नेपाली कांग्रेसका सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाले  दार्चुलाको कालापानी, लिपुलेक र लिम्पियाधुरा  क्षेत्र कुटनीतिक पहलबाटै फिर्ता गराउने बताएका छन्। 

बुधबार दार्चुलाको गोकुलेश्वरमा  आयोजित चुनावी आमसभालाई सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले भारतको कब्जामा रहेको कालापनी र लिपुलेक क्षेत्रलाई दार्चुलामा भाषण मात्रै गरेर नभई कुटनीतिक पहल गरेर फिर्ता गर्ने बताएका हुन्।

उनले भने,‘हामीले हाम्रो सीमा समस्या समाधान भारतसँग कुटनीतिक पहल तथा बार्ता गरेर मात्रै फिर्ता गर्न सक्छौ, न कि दार्चुलामा चर्को भाषण गरेर हुन्छ।’ नेपाल सबै छिमेकी राष्ट्रसँग समान सम्बन्ध राख्दै आएको र राख्ने पनि उनले बताए।

‘नेपाल छिमेकी देश भारत र चिनसँग समान सम्बन्ध राख्दछ र राख्दै पनि आएको छ,’ उनले भने,‘तसर्थ हाम्रो गुमेको भूभागलाई कुटनीतिक पहलबाटै फिर्ता हुन्छ, यसमा ढुक्क हुनुहोस्।’

त्यस्तै उनले केपी ओलीले दार्चुलामा भाषण गरेर केही नहुँने पनि बताए। चुनावी सभालाई सम्बोधन गर्दै देउवाले दार्चुलाको  विकासका लागि आफूले धेरै काम गरेको पनि बताए। 

उनले गठबन्धनको औचित्य प्रस्ट पार्दै लामो लडाइपछि ल्याएको लोकतन्त्र जोगाउने मात्र नभई सुदृढ र समृद्ध बनाउन पनि गठबन्धन जरुरी रहेको बताए।

उनले यो गठबन्धन अहिलेमात्रै नभएर पछिसम्म रहने बताए। ‘यो गठबन्धन अहिलेमात्रै होइन, पछिसम्म रहन्छ किनभने यो राष्ट्रिय आवश्यकता पनि हो’, प्रधानमन्त्री देउवाको भनाइ छ।

प्रतिक्रिया

सम्बन्धित खवर