९ कार्तिक २०८३, आइतबार

‘सिरियल किलर’ भारतीय दम्पती अर्घाखाँचीबाट पक्राउ

  • २४ पुष २०७९, आइतबार
Image

अर्घाखाँची- अर्घाखाँची, गुल्मी र कपिलवस्तुमा गरी ३ महिलाको हत्या गर्ने ‘सिरियल किलर’ भारतीय नागरिक पक्राउ परेका छन्।

शृंखलाबद्ध रूपमा वृद्ध तथा एकल महिलाको हत्या गरी गरगहना तथा नगद लुट्ने कार्य गर्दै आएका भारतको गुडगाउँ हरियाणाका २३ वर्षीय सुशान्त सिंह र उनकी पत्नीलाई अर्घाखाँची प्रहरीले पक्राउ गरेको हो।

उनीहरूले शृंखलाबद्ध रूपमा पुस १७ गते अर्घाखाँचीको शीतगंगा नगरपालिका–१० बहखोरकी ६० वर्षीय राधा थापा, गत कात्तिकमा गुल्मीको इस्मा गाउँपालिका–५ की ७५ वर्षीय जीवकला थापा र गत असोजमा कपिलवस्तुको विजयनगर गाउँपालिका–४ की ७० वर्षीय योगमाया गैरेको हत्या गरेको जिल्ला प्रहरी कार्यालयका प्रमुख मुकुन्दप्रसाद रिजालले बताए।

पत्नीसँग मिलेर गरेको हत्यारा सुशान्तले बताएपछि निजकी पत्नी शितगंगा–१० सिद्धाराकी २२ वर्षीय शिवा परियारलाई प्रहरीले पक्राउ गरेको छ।

गुल्मी, अर्घाखाँची र कपिलवस्तुमा तीनै महिलाको हत्या गरी गरगहना तथा नगद लुट्ने सिंह दम्पतीलाई प्रहरीले पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको छ।

उनीहरू दुवै जनाविरुद्ध कर्तव्य ज्यान मुद्दा चलिरहेको प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक रिजालले जानकारी दिए।

प्रतिक्रिया

सम्बन्धित खवर