८ जेठ २०८१, मङ्गलबार

अमेरिकी राष्ट्रपति निर्वाचनमा हस्तक्षेप गरेको रुसद्वारा स्वीकार

  • २२ कार्तिक २०७९, मङ्गलबार
Image

न्युयोर्क- रुसी राष्ट्रपति भ्लादिमिर पुटिननिकट प्रभावशाली व्यवसायी येभगेनी प्रिगोजिनले अमेरिकी निर्वाचनमा हस्तक्षेप गरेको स्वीकार गरेका छन्।

‘सज्जनहरू, हामीले हस्तक्षेप गर्‍यौं, हामी हस्तक्षेप गरिरहेका छौं र हामी हस्तक्षेप गर्नेछौं,’ अमेरिका तथा युरोपेली संघले प्रतिबन्ध लगाएका ६१ वर्षीय प्रिगोजिनको भनाई उद्धृत गर्दै ब्लुमबर्गले लेखेको छ ।

प्रिगोजिनले धेरै पश्चिमी देशहरूमा मतदानको परिणामलाई प्रभावित गर्न ‘ट्रोल फ्याक्ट्री’ चलाएको आरोप कपितयको छ । अमेरिकी मध्यावधि निर्वाचनको प्रचारप्रसारको अन्तिम दिन प्रिगोजिनको भनाइ सार्वजनिक भएको हो।


प्रतिक्रिया

सम्बन्धित खवर