२०८० चैत २४ शनिवार
पाँचथर —चैत लागेपछि भएका एकाध वर्षाले किसानमा आशा थपिदिएको थियो । तर वर्षाले किसानमा झिनो आशा थपिएको छ ।पाँचथरको फिदिम ४ की किसान खेमकुमारी लिम्बूले माघ अन्तिम साता १९ पाथी धान ब्याडमा छरिन् । टुसाउँदा-नटुसाँउदै बाँदरका बथानले ब्याडमै नष्ट गरिदिए । अहिले उनलाई खेत कसरी ढाक्ने भन्ने चिन्ता छ । उनले राखेको १९ पाथीबाट बल्लतल्ल १ सय ५० मुठा बीउ निस्कियो । उनले भनिन, दुई/तीन त्यान्द्राको गाँज हालेर पातलो रोप्दा पनि खेत नढाकिने भयो । भोकै पो परिने हो कि ?’
खेमकुमारीको जस्तै चिन्ता चैते धान लगाइरहेका अन्य किसानहरुको पनि छ । बाँदर, खडेरी र रोग किराका कारण बीउ नसप्रिँदा हिलो आली गरिसकेको खेत बाँझिएला कि
भन्ने चिन्ताले सताएको फिदिम ५ का नन्दबहादुर श्रेष्ठ बताउछन। चैते धान लगाइरहेका
धेरैजसो किसानहरुले भोगिरहेको मुख्य समस्या भनेको बीउ नै नउम्रिने र उम्रिएको बीउ
पनि बाँदर लगायतका जंगली जनावरले नस्ट गरिदिन्छन् कि भन्ने नै हो । पानी र मल बीउको साझा समस्या त वर्षौंदेखि भोगी नै
रहेको किसानहरु बताउछन् ।
किसान जीतबहादुर यवाका अनुसार चैते धानको चुनौती ब्याड
राख्नु अगाडिबाटै सुरु हुन्छ । माघ अन्तिम साता
खडेरी लाग्यो भने बीउ नउम्रिने सम्भावना धेरै हुन्छ । उम्रिइसकेको धानको बीउ बाँदरले माडेर नष्ट गर्नका साथै चराचुरुङ्गीले पनि
आहारा बनाउँछन् । उनले सुनाए, ‘रोपिसकेपछि पानीको मात्रा नमिल्दा धान मर्ने सम्भावना हुने
गर्छ । गाँज सरेपछि पँधेरो सहितका रोग किराले सताउन थाल्छ, आवश्यकताअनुसार मल किन्न पाइन्न, किटनाशक औषधि नहाले उब्जनी नहुने पीर छ ।’
कृषि ज्ञान केन्द्रका बाली संरक्षण अधिकृत केशरबहादुर मग्राती संघ र प्रदेश सरकारबाट चैते धान लगाउने किसानलाई राहत दिने खालका कुनै कार्यक्रम नभएको बताउँछन् । भन्छन्, ‘सीमित स्रोत साधन र जनशक्तिका कारण किसानलाई सेवा दिन नसकेको साँचो हो ।’
बाली विकास निर्देशनालयको तथ्यांकअनुसार चैते धान कोशी
प्रदेशका पहाडी र उच्च पहाडी क्षेत्रमा उत्पादन हुन्छ । प्रदेशभर १२ हजार ३ सय २७ हेक्टरमा यो धान खेती
गरिन्छ । जसको उत्पादन ५० हजार ५ सय १
मेट्रिकटन छ । जसमध्ये हिमाली जिल्ला
ताप्लेजुङमा २०७ र सोलुखुम्बुमा समेत ७७ हेक्टर जमिनमा यो धान खेती हुन्छ ।
Top of Form
© Lok Kalam . Designed and Developed by Goldenmud Creation