९ कार्तिक २०८३, आइतबार

रुसको नाइट क्लबमा आगलागी हुँदा १३ जनाको मृत्यु

  • १९ कार्तिक २०७९, शनिबार
Image

काठमाडौं- रूसको पश्चिमी सहर कोस्ट्रोमामा रहेको एक रात्रि क्लबमा शनिबार राति भएको आगलागीमा परी कम्तीमा १३ जनाको मृत्यु भएको छ। 

सो दुर्घटनमा अन्य ४ जना घाइते भएका क्षेत्रीय आपतकालीन सेवाका प्रवक्ताले बताएका रूसको स्पुतनिक समाचार एजेन्सीले जनाएको छ।  स्थानीय आपतकालीन सेवाहरूलाई उद्धृत गर्दै तासले जनाएअनुसार क्याफेमा आगन्तुकले आगजनी गरेको अनुमान गरिएको छ।

उक्त क्याफेबाट २५० जनालाई बाहिर निकालिएको थियो। आगो ३५०० वर्ग मिटर क्षेत्रमा  फैलिएको थियो।  घटनाबारे अनुसन्धान जारी रहेको र विस्तृत विवरण आउँन बाँकी रहेको समाचारमा जनाइएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर