८ कार्तिक २०८३, शनिबार

दक्षिण कोरियामा भएको मानवीय क्षतिप्रति प्रधानमन्त्रीद्वारा दु:ख व्यक्त

  • १३ कार्तिक २०७९, आइतबार
Image

काठमाडौं- दक्षिण कोरियाको राजधानी सियोलमा भएको भागदौडमा भएको मानवीय क्षतिप्रति प्रधानमन्त्री शेरबहादुर देउवाले दु:ख व्यक्त गरेका छन्। प्रधानमन्त्री देउवाले सामाजिक सञ्‍जाल ट्विटरमार्फत दु:ख व्यक्त गरेका हुन्। 

उनले भनेका छन्, 'हलोविनका अवसरमा भागदौड मच्चिँदा ज्यान गुमाउनेप्रति हार्दिक श्रद्धाञ्‍जली र शोक सन्तप्त परिवारजनमा गहिरो समवेदना तथा घाइतेको शीघ्र स्वास्थ्य लाभको कामना व्यक्त गर्न चाहन्छु।' 

प्रधानमन्त्री देउवाले यस दु:खको घडीमा नेपाल सरकार दक्षिण कोरिया सरकार र जनताको साथमा रहेको पनि जनाएका छन्। 

हालोवीन उत्सव मनाइरहेका मानिसहरुबीच भागदौड मच्चिएको सियोलमा १४९ जनाको मृत्यु भएको छ भने ७६ जना घाइते भएका छन्। 

बीबीसीका अनुसार यो घटना सोलको इटाइवोन नाइटलाइफ क्षेत्रमा भएको हो। कोभिड महामारीपछि पहिलोपटक मास्क विना नै हालोवीन उत्सव आयोजना गरिएको थियो।

अहिलेसम्म भागदौड मच्चिनुको कारण भने खुल्न सकेको छैन। प्रहरीका अनुसार अहिले यो घटनाको विषयमा अनुसन्धानको काम भइरहेको छ। 

दक्षिण कोरियाका राष्ट्रपति यून सुक येओलले सम्बन्धित निकायलाई घाइतेहरुको उद्धारको लागि निर्देशन दिएका छन्। उनले यो घटनाको अनुसन्धानको लागि पनि निर्देशन दिएका छन्।

प्रतिक्रिया

सम्बन्धित खवर