काठमाडौं- पाल्पाबाट गोरखाको मनकामनाका लागि छुटेको बस दुर्घटना भएको छ। मनकानमना दर्शन गर्न गएका दर्शालु बोकेको बस दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ।
डेढगाउँ इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक जयराम वन्तका अनुसार अहिले उद्धार गर्ने क्रम जारी छ।
ना ६ ख ७५८० नम्बरको बस नवलपुरको बुलिङटारमा दुर्घटना भएको प्रहरीले बताएको छ।
बसमा सवार ३० जनाको उद्धार गरिएको उनले जानकारी दिए। त्यसमध्ये घाइते २५ जनाको उद्धार गरि चितवन चितवन ल्याउने तयारी गरिएको वन्तले नेपालखबरलाई जानकारी दिए।
घटनाको थप विवरण भने आउन बाँकी भएको उनले बताए।
© Lok Kalam . Designed and Developed by Goldenmud Creation