८ कार्तिक २०८३, शनिबार

नेपालमा पहिलो पटक भेटियो कोरोनाको सब भेरियन्ट 'एक्सबीबी', सचेत रहन आग्रह

  • ७ कार्तिक २०७९, सोमबार
Image

काठमाडौं- नेपालमा पनि कारोना भाइरस ओमिक्रोनको सब–भेरियन्ट (एक्सबिबी) संक्रमित पहिचान भएको हो। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा पहिलो पटक यो भेरियन्ट संक्रमित पहिचान भएको हो। 

मन्त्रालयले एक विज्ञप्ति जारी गर्दै हाल यो भेरियन्ट विभिन्न देशमा फैलिरहेको कारणले सचेत हुन आग्रह गरेको छ। 

मन्त्रालयले आइतबार जारी गरेको विज्ञप्तिका अनुसार मन्त्रालयले गत साउन २१ देखि असोज १४ सम्म कोरोना लागेका विभिन्न उमेर समूहका व्यक्तिहरूबाट संकलित नमूनाको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा छनौट गरी केही नमूनाको जिनोमिक पहिचान गरेको थियो।

नेपालीहरुको चाडपर्व नजिकिएको र यस्तो बेलामा सचेत हुन मन्त्रालयले आग्रह गर्दै यो सब–भेरियन्ट तिव्र गतिमा फैलिने सम्भावना रहेको मन्त्रालयले जनाएको छ।


प्रतिक्रिया

सम्बन्धित खवर