८ कार्तिक २०८३, शनिबार

पाँचथरमा आगलागीमा परेर दुई बालकको मृत्यु

  • १२ फागुन २०७९, शुक्रबार
Image

पाँचथर- पाँचथर जिल्लाको हिलियाङ–७ मा आगलागीमा परेर दुई बालकको मृत्यु भएको छ। घरका ठुलाबडाहरू घर बाहिर रहेका बेला आगलागी हुँदा दुई जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाँचथरले जानकारी दिएको छ।

आगलागीमा परेर ५ वर्षीय सेसेहाङ सन्दक र ४ वर्षीय निशान खातीको मृत्यु भएको डिएसपी हरि खतिवडाले बताए। डीएसपी खतिवडाका अनुसार अपरान्ह ४ बजेको समयमा पन्थाकको घरको मचानमा उनीहरुको शव जलेको अवस्थामा फेला पारेको थियो।

घरमा ठूला मानिस कोही नभएको अबस्थामा खरले छाएको घरमा आगलागी भएको थियो। विस्तृत विवरण आउन बाँकी छ। आगलागीको कारण भने खुल्न सकेको छैन।

प्रतिक्रिया

सम्बन्धित खवर