८ कार्तिक २०८३, शनिबार

चितवनमा कांग्रेसबाट विश्‍व र उमेशलाई टिकट

  • २३ असोज २०७९, आइतबार
Image

काठमाडौं- नेपाली कांग्रेसले चितवन-१ र २ मा क्रमश: विश्व पौडेल र उमेश श्रेष्ठलाई उम्मेदवार बनाएको छ। सत्ता गठबन्धनका तर्फबाट कांग्रेसले चितवन-१ मा अर्थशास्त्री पौडेललाई टिकट दिएको हो।

पौडेल हाल राष्ट्रिय योजना आयोगका उपाध्यक्षसमेत हुन्। यही क्षेत्रमा नेकपा एमालेका तर्फबाट पूर्वअर्थमन्त्री सुरेन्द्र पाण्डेलाई उम्मेदवार बनाइएको छ।

त्यस्तै, चितवन-२ मा राज्यमन्त्री श्रेष्ठले टिकट पाएका छन्। कांग्रेसको केन्द्रीय सदस्यसमेत रहेका श्रेष्ठ प्रधानमन्त्री कार्यालयका राज्यमन्त्रीसमेत हुन्। उनी उठेको क्षेत्रमा एमालेले कृष्णभक्त पोखरेललाई उम्मेदवार बनाएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर