काठमाडौं- नेपाली क्रिकेट टोलीका निलम्बित कप्तान सन्दीप लामिछानेले असोज २० गते नेपाल आइपुग्ने बताएका छन्।
उनले सामाजिक सञ्जालमार्फत ६ अक्टोबर अर्थात दसैंको टीकाको दोस्रो दिन नेपाल आइपुग्ने जानकारी गराएका हुन्।
उनले भनेका छन्, 'म ठूलो आशाका साथ यही अक्टोबर ६ मा मेरो देश नेपाल आइपुग्नेछु र झूटा आरोप विरुद्ध कानुनी लडाई लड्न आफूलाई प्रहरीसमक्ष आत्मसमर्पण गर्नेछु।'
उनले आफू निर्दोष भएकोसमेत बताएका छन्। भनेका छन्, 'म निर्दोष छु र न्याय प्रणालीमा मेरो पूर्ण विश्वास छ भन्ने कुरा दोहोर्याउँछु। सबै कानूनी निकायहरू र सम्मानित अदालतको निष्पक्ष सुनवाई र निर्णयमा म दृढ विश्वास गर्दछु र म छिटो भन्दा छिटो न्याय पाउने आशावादी छु।'
उनीविरुद्ध गत भदौ २१ गते एक नाबालिग किशोरीले जबरजस्ती करणी आरोप लगाउँदै गौशाला प्रहरी वृत्तमा उजुरी दिएकी थिइन्।
© Lok Kalam . Designed and Developed by Goldenmud Creation