७ वैशाख २०८१, शुक्रबार

१७ पालिकाको नतिजा सार्वजनिक, कहाँ को विजयी?

  • १ जेठ २०७९, आइतबार
Image

काठमाडौं- वैशाख ३० गते भएको स्थानीय तह निर्वाचनको मतगणना चलिरहेको छ। पछिल्लो मतगणना अपडेट अनुसार देशभरका १७ पालिकाको मतपरिणाम सार्वजनिक भएको छ। 

जसमध्ये सात पालिकामा नेपाली कांग्रेस विजयी भएको छ भने ६ पालिकामा नेकपा एमाले विजयी भएको छ। त्यसैगरी नेकपा माओवादी केन्द्र २ र नेकपा एकीकृत समाजवादी दुई पालिकामा विजयी भएको छ। 

कांग्रेसले मनाङको नार्पा भूमी गाँउपालिका अध्यक्षमा कोन्जो तेन्जीङ लामा, नासोँ गाउँपालिका धनबहादुर गुरुङ, मुस्ताङको घरपोझङ गाउँपालिकामा मोहनसिंह लालचन, गुल्मीको रेसुंगा नगरपालिकाको मेयरमा खिलध्वज पन्थी, डडेल्धुराको गन्यापधुरा गाउँपालिकामा  इन्द्रबहादुर कार्की विजयी भएका छन्। 

त्यस्तै नेकपा एमालेले मनाङको मनाङ ङिस्याङ गाउँपालिका, चामे गाउँपालिका, मुस्ताङको घेकर दामोदरकुण्ड गाउँपालिका, वारागुङ मुक्तिक्षेत्र गाउँपालिका, लोमान्थाङ गाउँपालिका र डोल्पाको से फोक्सुण्डो गाउँपालिकामा जित हात पारेको छ। 

नेकपा माओवादी केन्द्र र एकीकृत समाजवादीले डोल्पाका दुई-दुई स्थानीय तहमा जित हात पारेको छ। 

प्रतिक्रिया

सम्बन्धित खवर