८ कार्तिक २०८३, शनिबार

टुबोर्ग ओपनले ल्यायो भेक्को साथमा नयाँ रिलिज 'खोलौं रमेर'

  • ११ असोज २०७९, मङ्गलबार
Image

काठमाडौं- नेपालको सर्वाधिक लोकप्रिय बियर ब्रान्ड टुबोर्ग र संगीत निकै लामो समयदेखि सफलपूर्वक आबद्ध भई आइरहेको छ। टुबोर्गले नेपाली संगीत उद्योगको उत्थानका लागी सधैँ सम्भवत रुपमा काम गर्दै आएको छ। टुबोर्ग ओपन २०२२ राष्ट्रिय र अन्तर्राष्ट्रिय कलाकारहरुको सहकार्यबाट संगीत उद्योगमा योगदान पुर्‍याउँदै आएको पहलको निरन्तरता हो।

यो वर्षको टुबोर्ग ओपेन थिम 'टेक द स्टेज' अन्तर्गत, भेक् र विश्वभरका अन्य उदीयमान कलाकारहरुले जेसन डेरुलोलाई भेट्ने र लस् एन्जेलसमा उनीसँग व्यक्तिगत मेन्टरशिप सत्र प्राप्त गर्ने मौका पाए। उक्त मेन्टरशिप सत्रमा, जेसनले कलाकारहरुलाई एउटा सफल गीत सिर्जना गर्ने तरिकाहरु र संगीत उद्योगमा कसरी सफल हुने विषयको बारेमा मार्गदर्शन गराए। लस् एन्जेलसमा जेसनको मेन्टरशिपबाट सबै सिकेका कुराहरु आत्मसात गर्दै भेक्ले टुबोर्ग ओपेन २०२२ को लागी आफ्नो नयाँ गीत प्रस्तुत गरेका छन्।

टुबोर्ग ओपेनले आफ्नो ५औं वर्षको सुरुवात जेसन डेरुलोको मेन्टरशिपमा भेक्को नयाँ गीत 'खोलौं रमेर' को साथमा गरेको छ। उक्त गीतलाई दर्शकहरुले निकै रुचाएका छन् र युट्युबको टुबोर्ग नेपाल च्यानलमा रिलिज भएको केही घण्टामै सो गीतले श्रोता–दर्शकहरुबाट धेरै माया पाईरहेको छ।

गोर्खा ब्रुअरीका मार्केटिङ डिरेक्टर आशिष विष्ट भन्छन्, 'निकै लामो समयदेखि टुबोर्ग संगीतसँग जोडिदै आएको छ। टुबोर्गले नेपाली सांगीतिक जगतको उत्थानका लागी सधैँ सम्भवत रुपमा काम गर्दै आएको छ। टुबोर्ग ओपन २०२२ अभियान सोही उद्देश्यको पहल हो जहाँ हामीले नेपालका उदीयमान कलाकारहरुलाई उनीहरुको प्रतिभा प्रदर्शन गर्न प्लेटफर्म प्रदान गरेका छौं। हामी यस वर्षका लागी जेसन डेरुलो र भेकसँग सहकार्यको लागी निकै उत्साहित छौं र दर्शकहरुले दिनु भएको सकारात्मक प्रतिक्रियाहरुबाट निकै खुसी छौं।'


प्रतिक्रिया

सम्बन्धित खवर