काठमाडौं- नेपाल चलिचित्र ‘प्रेम गीत ३’ले भारतमा आफ्नो सुखद सुरुवात गरेको छ। शुक्रबारदेखि प्रदर्शनमा आएको चलचित्रले पहिलो दिन झण्डै १ करोड भारुको व्यापार गरेको छ।
भारतीय ट्रेड विश्लेषक तरन आदर्शका अनुसार ‘प्रेम गीत ३’ ले प्रदर्शनको पहिलो दिन भारतीय बजारमा ९२ लाख भारतीय रुपैयाँको व्यापार गरेको छ।
‘सीमित शोका बाबजुद फिल्मले राम्रो व्यापार गरेको छ। कम टिकट दरका कारण फिल्मको कमाइ थोरै भएको हो। २-३ दिनमा फिल्मको व्यापार आफ्नो लयमा फर्किने छ,’ तरनले सामाजिक सञ्जालमा लेखेका छन्।
सन्तोष सेनको निर्माण तथा निर्देशन रहेको फिल्ममा प्रदीप खड्का र क्रिस्टिना गुरुङको मूख्य भूमिका छ। फिल्ममा सन्तोष सेनसहित सुनिल थापा, माओत्से गुरुङ, पुस्कर कार्की, प्रेम पुरी, लक्ष्मी बर्देवा, अनुभव रेग्मी, योगिशा खत्री, जीवन भट्टराई लगायतको अभिनय रहेको छ।
© Lok Kalam . Designed and Developed by Goldenmud Creation