८ कार्तिक २०८३, शनिबार

शिक्षकका माग सरकारले तत्काल सम्बोधन गर्नुपर्छ: मीन बहादुर विश्वकर्मा

  • ५ असोज २०८०, शुक्रबार
Image

काठमाडौं- नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सूचना सञ्चार तथा प्रचार विभाग प्रमुख मीन बहादुर विश्वकर्माले शिक्षकका माग सरकारले तत्काल सम्बोधन गर्नुपर्ने बताएका छन्।

दुई दिनदेखि जारी केन्द्रीय कार्यसमिति बैठकमा शुक्रबार बोल्दै उनले यस्तो बताएका हुन्। स्कुलमा चक डस्टर बोकेर बसेका शिक्षकहरू सडकमा आएको भन्दै उनले कांग्रेसको केन्द्रीय समिति बैठकले महत्वपूर्ण निर्णय लिनुपर्ने बताए। 

उनले भने, 'ठुला-ठुला दलहरुले खुल्ला मञ्चमा आमसभा गर्दा १० हजार मास लगाउन गार्हो हुन्थ्यो । अनि स्कुलमा चक डस्टर बोकेर बसेका शिक्षकहरु सडकमा आउँदा लाख भन्दा बढिको सङ्ख्यामा उपस्थित छन्। यसलाई सामान्य रुपमा लिनु हुँदैन गम्भिर रुपमा लिनुपर्छ।'

वार्ता र सम्वाद मार्फत सरकारले शिक्षकका माग पुरा गर्नुपर्नेमा उनले जोड दिए। सरकार र शिक्षकबीचको सम्बन्ध सुमधुर बनाउनुपर्ने बताउँदै उनले एकले अर्कालाई तर्साउने गरि समस्यामै रुमल्लिन नहुने बताए।  

प्रतिक्रिया

सम्बन्धित खवर