८ कार्तिक २०८३, शनिबार

चिनियाँ सभामुख ली र एमाले अध्यक्ष ओलीबीच भेटवार्ता

  • २८ भदौ २०७९, मङ्गलबार
Image

काठमाडौं- चिनियाँ सभामुख ली चाङ्सु र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ।  उनीहरुबीच संघीय संसद नयाँबानेश्वरमा मंगलबार बिहान १० बजे भेट भएको हो।

भेटमा नेकपा एमालेका तर्फबाट सुवास चन्द्र नेम्बाङ, अष्टलक्ष्मी शाक्य, राजन भट्टराई, विष्णु रिमाललगायत नेताको सहभागीता थियो।

भेटवार्तामा एमाले अध्यक्ष ओलीले भने, ‘हाम्रो पालामा नेपाल–चीन सम्बन्धलाई रणनीतिक साझेदारीमामा विकास गरेका छौं, यसबाट अपेक्षित लाभ हासिल गर्ने आशा गरेका छौं।’

उक्त वार्तामा सहभागी एक पदाधिकारीका अनुसार ओलीले अगामी अक्टोबरमा हुन लागेको चिनियाँ कम्युनिष्ट पार्टी (सीपीसी) को २० औं महाधिवेशन सफलतापूर्वक सम्पन्न गर्नको लागि शुभकामना दिए।

लीले दुई देशबीचको दुई पक्षीय भ्रमण आदान–प्रदानले परम्परागत सम्बन्धलाई नयाँ उचाइ कामय कायम गर्ने बताएका थिए। उनले नेपालमा हुन गइरहेको आम निर्वाचन सफलतापूर्वक सम्पन्न गर्न पनि शुभकामना दिए।

नेकपा (माओवादी केन्द्र)का अध्यक्ष प्रचण्डसँग पौने ११ बजे भेटवार्ताको कार्यसूची छ। त्यसबीचमा केही समय संसद भवनमा अरु सांसदहरुसँग संवाद गरेपछि साढे १२ बजे लीसहितको चिनियाँ टोली खानाका लागि सोल्टी होटल प्रस्थान गर्ने कार्यसूची रहेको बताइएको छ।

त्यसपछि प्रधानमन्त्री शेरबहादुर देउवा र परराष्ट्रमन्त्री डा. नारायण खड्कासँग भेट हुने कार्यसूची छ।


प्रतिक्रिया

सम्बन्धित खवर