८ कार्तिक २०८३, शनिबार

चिनियाँ नेताको नेपाल भ्रमणले काठमाडौंको यातायात प्रभावित

  • २८ भदौ २०७९, मङ्गलबार
Image


काठमाडौं- काठमाडौंको सडकमा सवारी आवागमन प्रभावित भइरहेका छन्। काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले भीआईपी सवारीको कारण काठमाडौंको विभिन्न ठाउँको सवारी आवागमन प्रभावित हुने भन्दै वैकल्पिक मार्ग प्रयोग गर्न आग्रह गरेको हो।

प्रहरी कार्यालयका अनुसार मंगलबार बिहान करिब पौने ९  बजेतिर रवि भवन सोल्टी होटेल, कालीमाटी, टेकु, भोटे बहाल, त्रिपुरेश्वर, थापाथली, कुपण्डोल,  माइतीघर, नयाँ बानेश्वर देखि तीनकुने आसपासका क्षेत्रमा सवारी आवागमन प्रभावित भएको छ।

दिउँसो साढे ३ बजे भने रवि भवन, सोल्टी होटेल, कालीमाटी, टेकु, भोटे बहाल, कुपण्डोल, त्रिपुरेश्वर, थापाथली ,  माइतीघर, बबरमहल, सिंहदरबार,  भद्रकाली,  पद्मोदयमोड आसपासका क्षेत्रमा सवारी आवागमन प्रभावित हुने छ। 

त्यस्तै दिउँसो साढे ४  बजेतिर पद्मोदयमोड,  भद्रकाली,  सिंहदरबार, माइतीघर, बबरमहल, थापाथली, त्रिपुरेश्वर, कुपण्डोल, भोटे बहाल, टेकु, कालीमाटी, रवि भवन र सोल्टी होटेल आसपासका क्षेत्रमा पनि सवारी आवागमन प्रभावित हुनेछ।

नेपाल भ्रमणमा रहेका चिनियाँ जनकंग्रेसका अध्यक्ष ली चान्सुको आवतजावतका लागि विशेष व्यवस्था हुँदा सडकमा सवारी आवागमन प्रभावित हुन पुगेको हो। 

प्रतिक्रिया

सम्बन्धित खवर