१९ वैशाख २०८१, बुधबार

दक्षिणकालीमा पानी ट्याङ्कर दुर्घटना हुँदा एक जनाको मृत्यु, दुई घाइते

  • १० पुष २०७९, आइतबार
Image

काठमाडौं- काठमाडौंको दक्षिणकालीमा ट्याङ्कर दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ भने दुई जना घाइते भएका छन्। शनिबार बेलुका बा३ख ६६५६ नम्बरको पानी ट्याङ्कर दुर्घटना हुँदा ट्याङ्करमै रहेका सिन्धुलीका २१ वर्षका रविन वाइबाको ज्यान गएको प्रहरीले जनाएको छ। दक्षिणकाली नगरपालिका-२ इँटाभट्टामा दुर्घटना भएको थियो।

वाइबाको बयोधा अस्पतालमा उपचारका क्रममा ज्यान गएको हो। यस्तै, घाइते भएका दुई जनाको पनि बयोधा अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार तीव्र गतिका कारण पानी ट्याङ्कर दुर्घटनामा परेको हो।

प्रतिक्रिया

सम्बन्धित खवर