८ कार्तिक २०८३, शनिबार

गठबन्धनको औचित्य कायमै रहेकाले तालमेल गर्नुपर्ने अवस्था आयो : नेता सिंह

  • १६ चैत २०७८, बुधबार
Image

काठमाडौं - नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले गठबन्धनका दलबीचको बैठकबाट तालमेलको मोडालिटी बन्ने बताएका छन्।

गठबन्धनको औचित्य कायमै रहेकाले स्थानीय आवश्यकताअनुसार तालमेल गरेर जानुपर्ने अवस्था आएको पनि उनले स्पस्ट पारेका छन्।

बुधबार राजधानीको बुद्धनगरमा आयोजित स्थानीयसँगको भेटघाटमा सिंहले यस्तो बताएका हुन्। तालमेलको मोडालिटी तय गर्न गठबन्धनका दलहरुबीच छिट्टै बैठक बस्ने पनि बताए।

कांग्रेस केन्द्रीय कमिटी बैठकले स्थानीय तहको निर्वाचनमा आवश्यकताअनुसार गठबन्धनका दलबीच तालमेल गर्ने निर्णय गरेको थियो।

‘संसदमा कांग्रेसको उपस्थिति कस्तो थियो, कसरी र कसका कारण कांग्रेसको नेतृत्वमा सरकार निर्माण भयो। यी सबै कुराको ख्याल राख्नुपर्छ। गठबन्धनको औचित्य बाँकी नै छ। वास्तविक धरातमा उभिन अनुरोध गर्दछु,’ तालमेलको विपक्षमा रहेका नेताहरुप्रति लक्षित गर्दै उनले भने।

अब मतदाताले पनि चुनावमा लेखाजोखा गर्ने बेला आएको उनले बताए। ‘देश र जनताका लागि कुन पार्टीले के गरेका छन् भनेर अब मूल्यांकन हुन्छ,’ सिंहले भने।

प्रतिक्रिया

सम्बन्धित खवर