८ कार्तिक २०८३, शनिबार

दाङ-२ बाट कृष्णबहादुर महरा उम्‍मेदवार सिफारिस

  • २६ भदौ २०७९, आइतबार
Image

दाङ- दाङ क्षेत्र नं. २ बाट पूर्वसभामुख कृष्णबहादुर महराको नाम सर्वसम्‍मत उम्‍मेदवार सिफारिस गरिएको छ । नेकपा माओवादी केन्द्र क्षेत्र नं. २ समन्वय समितिको आइतबार बसेको बैठकले महरालाई प्रतिनिधिसभा सदस्यका लागि क्षेत्र नं २ बाट सर्वसम्‍मत सिफारिस गरिएको केन्द्रीय सदस्य हेमराज शर्मा डायमण्डले जानकारी दिए।

माओवादी केन्द्रका उपाध्यक्ष समेत रहेका महरा ०७४ को निर्वाचनमा पनि यही क्षेत्रबाट प्रतिनिधिसभाको उम्मेदवार बनेर विजयी भएका थिए। सोही क्षेत्र नं. २ बाट एमालेका महासचिव शंकर पोखरेलको नाम पनि एकल सिफारिस भएको छ।

योसँगै निर्वाचनमा पोखरेल र महराबीच कडा प्रतिष्र्धा हुने आकलन गरिएको छ। ०७४ को चुनावमा भने दुवै जना साझा बाम गठबन्धनका उम्मेदवार बनेर चुनाव लडेका थिए।

प्रतिक्रिया

सम्बन्धित खवर