काठमाडौं - नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापा यस पटक कास्की १ मा चुनाव लड्ने चर्चा सुरु भएको छ। २०६४ सालदेखि काठमाडौं-४ मा चुनाव लड्दै आएका कांग्रेस महामन्त्री गगन थापाले कास्की-१ मा चुनाव लड्का लागि आवेदन दिएको पत्र सार्वजनिक भएको हो।
थापाको सचिवालयले स्थानीय नेताहरुले आवश्यकता महसुस गरेर कास्की-१ मा चुनाव लड्न आवेदन दिएको जनाएको थियो। उनको निवेदनमा भानुभक्त ढकालले हस्ताक्षर गरेका छन्। तर थापाले भने काठमाडौं–४ बाटै प्रतिनिधिसभा सदस्य पदमा उम्मेदवारी दिने बताएका छन्।
कास्की निर्वाचन क्षेत्र नम्बर १ बाट प्रत्यक्षतर्फ प्रतिनिधिसभा सदस्यका लागि दिएको मनोनयन फारम सामाजिक सञ्जालमार्फत् बाहिरिएपछि उनले यस्तो प्रष्टीकरण दिएका हुन्।
‘म काठमाडौँ–४ मै लड्छु। यता कसैले आवेदन मागेको छैन। त्यो हल्ला मात्रै हो। तर, मेरो नाम सिफारिस भैहाल्छ,’ उनले भने, ‘कास्की १ बाट मनोनयन फारम दर्ता गरिएको बारेमा केही जानकारी छैन।’
महामन्त्री थापाले केही सञ्चारमाध्यमहरुमा आफूले काठमाडौँ–४ मा उम्मेदवार बन्नका लागि निवेदन दिएको बारेमा आएको समाचार प्रति पनि आश्चर्यता प्रकट गरे।


© Lok Kalam . Designed and Developed by Goldenmud Creation