८ कार्तिक २०८३, शनिबार

सडक विस्तारका क्रममा रौतहटमा गोली चल्यो, एक जनाको मृत्यु

  • २ वैशाख २०८०, शनिबार
Image

रौतहट- रौतहटमा बाटो बनाउने विषयमा विवाद हुँदा गोली लागेर एक जनाको मृत्यु भएको छ। गढीमाई नगरपालिका–८ धोबिनियामा सडक विस्तारसम्बन्धी दुई पक्षबीच विवाद हुँदा गोली चलेको रौतहट प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालय रौतहटका एसपी बीरबहादुर बुढामगरले सडक विस्तारका विवाद हुँदा गोली चल्दा एक जनाको मृत्यु भएको बताए। गोली लागेर स्थानीय राजकुमार राय यादवको मृत्यु भएको छ।

विवादका क्रममा गोली लागेका उनलाई उपचारका लागि वीरगञ्ज पठाइएकामा बाटोमा नै मृत्यु भएको एसपी बुढामगरले बताए। गढीमाई नगरपालिकाले निर्माण गरिरहेको बाटोका विषयमा विवाद हुँदा १२ बोरको बन्दुक बाट गोली प्रहार भएको प्रहरीको भनाइ छ।

गोली लागेर स्थानीय रामप्रताप यादव, कपिलदेव राय यादव र निरञ्जन यादव घाइते भएका छन्। गोली कसले चलायो भन्नेबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। 


प्रतिक्रिया

सम्बन्धित खवर