काठमाडौं- सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले ५ राजनीतिक दलको गठबन्धन व्यवस्थित एवं प्रभावकारी ढंगले अघि बढ्ने बताएका छन्।
विराटनगर विमानस्थलमा सञ्चारकर्मीसँग शनिबार कुरा गर्दै उनले आगामी निर्वाचनका विषयमा गठबन्धन दलले न्यायोचित ढंगले उम्मेदवारको सिट बाँडफाँट गर्ने जानकारी दिए।
मन्त्री कार्कीले मुलुकमा राजनीतिक स्थिरता कायम गर्न पनि गठबन्धन आवश्यक रहेको बताए। नागरिकता विधेयक राष्ट्रपतिबाट केही सन्देशसहित फिर्ता आएको र विधेयक प्रतिनिधि सभाबाट पारित भई राष्ट्रिय सभाबाट पनि पारित हुने उनले विश्वास व्यक्त गरे।
उनले नागरिकता विधेयक सम्बन्धमा राष्ट्रपतिबाट भएको छलफल एवं भेटघाट सामान्य कुरा भएको र राष्ट्रपतिलाई कुनै पनि विषयमा छलफल र परामर्श लिने सुविधा भएको उल्लेख गरेका छन्।
© Lok Kalam . Designed and Developed by Goldenmud Creation