काठमाडौं- काठमाडौं महानगरपालिका वडा नम्बर १ मा नेकपा एमाले विजयी भएको छ। मतगणनाको अन्तिम परिणाम अनुसार एमालेका भरतलाल श्रेष्ठ ६२२ मत प्राप्त गरी विजयी भएका छन् ।
उनले निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका किरण श्रेष्ठलाई २४ मतान्तरले पराजित गरेका हुन्। किरणले ५९८ मत प्राप्त गरेका छन् । भरतलाल यसअघि पनि सोही वडाको अध्यक्ष थिए। महिला सदस्यमा एमालेकै रसला तन्डुकार विजयी हुँदा बाँकी तीन सदस्य भने कांग्रेसले जितेको छ।
यो वडाबाट मेयरका स्वतन्त्र उम्मेदवार बालेन साहले ७८३ मत ल्याएका छन्। एमालेले यहाँबाट मेयरमा ३६५ र कांग्रेसले ४५१ मत पाएको छ ।
© Lok Kalam . Designed and Developed by Goldenmud Creation