३१ असार २०८१, आइतबार

सेतीनदीबाट दाउरा झिक्ने क्रममा एक जना बेपत्ता

  • २७ असार २०८१, बुधबार
Image

तनहुँ ।  सेतीनदीबाट दाउरा झिक्ने क्रममा आज बिहान  एक जना बेपत्ता भएका छन् ।  बाढीले बगाएर ल्याएको दाउरा झिक्ने क्रममा  व्यास नगरपालिका–१ भादगाउँ का ५५ वर्षका तालबहादुर थापा  छाब्दीखोला  नदीमा बेपत्ता भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

प्रहरी कार्यालयका नायब उपरीक्षक दीपककुमार रायले थापाको खोजी जारी रहेको जानकारी दिए ।  बाढीले बगाएर ल्याएको दाउरा निकाल्न नदी किनार आसपासका  मानिसको भीड लाग्ने गर्दछ । 


प्रतिक्रिया

सम्बन्धित खवर