८ कार्तिक २०८३, शनिबार

एउटै व्यक्ति दुई पटकभन्दा बढी प्रधानमन्त्री बन्न नपाइने व्यवस्था गरौं : महामन्त्री शर्मा

  • ४ भदौ २०७९, शनिबार
Image

काठमाडौं-नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले एउटै व्यक्ति दुई पटकभन्दा बढी प्रधानमन्त्री हुन नपाउने व्यवस्था गर्नुपर्ने तर्क अघि सारेका छन्।

शनिबार काठमाडौंमा आयोजित युवाहरुसँगको अन्तर्क्रिया कार्यक्रममा बोल्दै उनले राजनीतिलाई सिंहदरबारबाटै रुपान्तरण गर्ने हो भने एउटै व्यक्तिलाई प्रधानमन्त्री भएर सिंहदरबार  छिर्ने अधिकार पटकपटक दिन नहुने तर्क गरेका हुन्।

उनले राष्ट्रपति एक पटक, प्रधानमन्त्री दुई पटक, मन्त्री  तीन पटक र सांसद चार पटकभन्दा बढी हुन नपाउने व्यवस्था गर्न उपयुक्त हुने बताए।  ‘एक पटक राष्ट्रपति, दुई पटक प्रधानमन्त्री, तीन पटक मन्त्री र चार पटक भन्दा बढी सांसद हुन नपाउने व्यवस्था हुनुपर्यो। राजनीतिलाई रुपान्तरण गर्ने हो भने त्यसको सुरुवात सिंहदरबारबाटै हुनुपर्छ,’ उनले भने।

उनले राजनीतिलाई दुश्मनीको रुपमा लिने गरी अभिव्यक्ति दिन नहुने पनि बताए। दलहरुले आ–आफ्नो नीति, सिद्धान्त र कार्यक्रमको कुरा गरे हुने तर एकअर्काप्रति दुश्मनी साँध्ने गरी अभिव्यक्ति दिन भने नहुने उनको भनाइ थियो।

महामन्त्री शर्माले युवाहरुको लागि लोकतन्त्र र विकास अनिवार्य रहेको र त्यसका लागि मुलुकमा काम भइरहेको दाबी समेत गरे।

प्रतिक्रिया

सम्बन्धित खवर