८ कार्तिक २०८३, शनिबार

बाँकेमा केन्द्रबिन्दु भएर ४.८ म्याग्‍निच्यूडको भूकम्प

  • ४ भदौ २०७९, शनिबार
Image

काठमाडौं- पश्चिम नेपालमा गएराति भूकम्पको धक्का महसुस गरिएको छ। बाँकेमा केन्द्रविन्दु भएर राति १:२८ बजे ४.८ म्याग्नेच्यूडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ।

भूकम्पको धक्का पश्चिम नेपालसहित भारतको लखनउ क्षेत्रसम्म महसुस भएको थियो। मध्यराति भूकम्प गएपछि नागरिक त्रसित भएका थिए।

यसअघि पूर्वी नेपालको पहाडी जिल्ला खोटाङमा गत साउन १५ गते ६ म्याग्‍निच्यूडको भूकम्प गएको थियो। 

प्रतिक्रिया

सम्बन्धित खवर