९ कार्तिक २०८३, आइतबार

आजको मौसम : पहाडमा आंशिक बदली, तराईमा हुस्सु

  • २६ पुष २०७९, मङ्गलबार
Image

काठमाडौं- देशमा पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव रहेकाले सुदूरपश्चिम, कर्णाली र गण्डकी प्रदेशका पहाडी भू-भागमा आंशिक देखी सामान्य बदली रहेको छ। तराईका केही भू-भागमा हुस्सु लागेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

आज दिउँसो देशको उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको छ। राती पनि यो क्रम जारी रहने महाशाखाले जनाएको छ। 

उच्च पहाडी तथा हिमाली भू-भागका हिमपात र तराईमा  बाक्लो  हुस्सु लागेर दैनिक जन जीवन, स्वास्थ्य, सडक तथा हवाई यातायातमा समेत प्रभाव पर्ने सम्भावना रहेकोले आवश्यक सावधानी अपनाउन महाशाखाले अनुरोध गरेको छ।

प्रतिक्रिया

सम्बन्धित खवर