काठमाडौं- नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले १० जनालाई केन्द्रीय सदस्यमा मनोनित गरेका छन्। उनले मंगलबार १० जना महिला नेत्रीहरुलाई केन्द्रीय कार्यसमिति सदस्यमा मनोनित गरेका हुन्।
मनोनित हुनेमा किरण यादव (महोत्तरी), राधा घले (काठमाडौँ), धना खतिवडा (ललितपुर), उर्मिला थपलिया (धादिङ्ग), रुक्मिणी कोइराला (मोरङ्ग), कल्याणी रिजाल (काठमाडौँ), गोमा भट्टराई (झापा), गंगा शाही (रुपन्देही), लक्ष्मी खतिवडा (सुनसरी), र सीता देवकोटा (नवलपुर) रहेका छन्।
उनीहरुलाई कांग्रेसको विधान २०१७ (संशोधन सहित) को धारा २१ को उपधारा (१०) बमोजिम केन्द्रीय कार्यसमिति सदस्य पदमा मनोनयन गरिएको केन्द्रीय कार्यालय सानेपाका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए।
© Lok Kalam . Designed and Developed by Goldenmud Creation