लोक कलम सम्वाददाता,
काठमाडौँ, २६ जेठ ।
नेपाल कम्युनिष्ट पार्टी(एमाले) नेता एवं साँसद डा. भिम रावलले देअश अहिले आर्थिक संकटले चुर्लुम्म डुबेको बताएका छन् । बिहिवार प्रतिनिधि सभाको बैठकमा अर्थतन्त्रको बारेमा भएको छलफलमा बोल्ने क्रममा साँसद डा.रावलले सो कुरा बताएका हुन् ।
अर्थ मन्त्रालय सम्वन्धि बिषयमा छलफल भए पनि अर्थ मन्त्री जर्नादन शर्मा भने स्वास्थ्यको कारणले छलफलमा उपस्थित भएका थिएनन् ।
प्रतिनिधी सभामा बोल्ने क्रममा डा. रावलले भने सरकारले एमसिसि सँग भएको सम्झौतालाई किन लुकाएर राखेको, खाली १२ बुँदे सम्झौतालाई आधार बनाएर सम्झौता गरेको भनेर मात्र हुन्छ । त्यसको आधिकारीक पत्र खोई कि यो यो कुरा प्रतिनिधि सभालाई जानकारी नै गराउनु पर्दैन भनेर सरकार सँग प्रश्न पनि गरे । उनले भने सरकार उत्तरदायी भन्दा पनि खेलाँची गर्दै छ ।
© Lok Kalam . Designed and Developed by Goldenmud Creation