६ वैशाख २०८१, बिहिबार

मकवानपुरमा बस दुर्घटना हुँदा दुई जनाको मृत्यु

  • ४ चैत २०७८, शुक्रबार
Image

काठमाडौं - मकवानपुरको मनहरीमा आज बिहान यात्रुबाहक बस दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ।

दुर्घटनामा ९ जना घाइते भएका छन्। जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार मृत्यु हुनेमा नुवाकोट तारकेश्वर नगरपालिका-४ का २२ वर्षीय सुवास श्रेष्ठ र सोही ठाउँका २९ वर्षीय शम्भु दराई मगर छन्।

हेटौंडाबाट चितवन जाँदै गरेको बा४ख ४४५४ नम्बरको यात्रुबाहक बस बिहान पौने ९ बजे मनहरी नगरपालिका-६ मा दुर्घटना भएको प्रहरी नायब उपरीक्षक जयश्वर रिमालले जानकारी दिए। घाइतेहरूलाई उपचारका लाथि चितवनस्थित अस्पताल पठाइएको उनले बताए। 

प्रतिक्रिया

सम्बन्धित खवर