६ जेठ २०८१, आइतबार

नासु कुटिएको विरोधमा देशभरका अदालतका कर्मचारी आन्दोलित

  • १७ असार २०८०, आइतबार
Image

काठमाडौं- जिल्ला अदालत ललितपुरमा कार्यरत नायब सुब्बा प्रेमिका तामाङमाथि हातपात भएको विरोधमा देशभरका अदालतका कर्मचारी आन्दोलित भएका छन्।

बुधबार कानुन व्यवसायी अमिर लामिछानेले तामाङमाथि कुटपिट गरेको विरोधमा देशभरका अदालतका कर्मचारीहरू आन्दोलित भएका हुन्।  वकिलले कार्यालयमै कुटपिट गरेपछि नायब सुब्बा तामाङ घाइते भएकी थिइन्। उनको मुखमा चोट लागेको थियो।

यही घटनाको विरोधमा सर्वोच्च अदालतअन्तर्गतका चारवटै कर्मचारी संगठनले आइतबार दिउँसो साढे १ बजेसम्म अदालतमा काम रोकिने जनाएका छन्। देशभरका अदालतमा पनि आइतबार दिउँसो साढे १ बजेसम्म अदालती कारबाही नगर्ने भन्दै पेन डाउनको घोषणा गरिएको छ।

कर्मचारीको आन्दोलनका  कारण अदालतमा सेवा लिन पुगेका सेवाग्राही मर्कामा परेका छन्। कर्मचारीको आन्दोलनले अदालतको काम कामकारबाही प्रभावित भएका छन्। प्रहरीले नासु तामाङमाथि अभद्र व्यवहार गर्ने लामिछानेलाई पक्राउ गरी कारबाही अघि बढाइसकेको छ। 

प्रतिक्रिया

सम्बन्धित खवर