८ कार्तिक २०८३, शनिबार

पार्टी सभापति द्वारा शोक व्यत्त

  • २५ साउन २०७९, बुधबार
Image

काठमाडौँ-नेपाली कांग्रेसको शुभेच्छुक संस्था सेन्टर फर डेमोक्रेटिक इञ्जिनियर्स नेपाल (सिडेन) का पूर्व महासचिव, नेपाल विद्यार्थी संघका पूर्व केन्द्रीय सदस्य एवं तत्कालीन नेपाली कांग्रेस केन्द्रीय कार्यालय भवन निर्माण समितिका प्रोजेक्ट म्यानेजर ई. कमल कार्कीका पिता डा. बच्चुराम कार्कीको श्रावण १९ गते दुबई भ्रमणका क्रममा असामयिक निधन भयो । स्वर्गीय कार्कीले नेपालको लोकतान्त्रिक आन्दोलनहरुमा सक्रिय भूमिका निर्वाह गरेका थिए । उनको पार्थिव शरीरलाई आजै काठमाडौं ल्याइने र बिहान ११ः३० बजे पशुपति आर्यघाटमा दाहसंस्कार गरिएको छ ।

नेपाली कांग्रेसका सभापति एवं सम्माननीय प्रधानमन्त्री शेरबहादुर देउवाले उनको निधनप्रति गहिरो दुःख व्यक्त गरेका छन् । साथै, उनी प्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै आत्माको चिर शान्तिको कामना साथ ई. कमल कार्की लगायत शोक सन्तप्त परिवारजनप्रति पार्टी र आफ्नो तर्फबाट गहिरो समवेदना प्रकट गरेका जानीकारी पार्टी मुख्य सचिव कृष्ण पौडेलले शोक विज्ञप्ति मार्फत जानकारी दिए  ।



प्रतिक्रिया

सम्बन्धित खवर