८ कार्तिक २०८३, शनिबार

लाइभ स्ट्रिमिङ मार्फत महिलाको चरित्रहत्या गरेको आरोपमा एक जना पक्राउ

  • २२ साउन २०७९, आइतबार
Image

काठमाडौं- सामाजिक सञ्जालमार्फत महिलालाई हैरानी तथा अपमान गर्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ। सामाजिक सञ्जालमा नक्कली पार्श्वचित्र बनाई लाइभ स्ट्रिमिङ मार्फत महिलाको चरित्रहत्या गरेको आरोपमा साइबर ब्यूरोले कपिलवस्तुको बुद्धभूमि नगरपालिका वडा नम्बर ३, टाँकु बस्ने २९ वर्षीय मोहन कुँवरलाई पक्राउ गरेको हो । 

उनलाई पक्राउ गरेर विद्युतीय कारोबार ऐन, २०६३ अन्तर्गतको कसूरमा काठमाडौं जिल्ला अदालतबाट पक्राउ अनुमती लिएर पक्राउ गरिएको हो । 

इलाका प्रहरी कार्यालय गोरुसिङ्गेको सहयोगमा शुक्रबार पक्राउ परेका उनीमाथि अदालतबाट ५ दिन म्याद लिएर थप अनुसन्धान भइरहेको प्रहरी उपरीक्षक पशुपति कुमार रायले जानकारी दिए ।

प्रतिक्रिया

सम्बन्धित खवर