८ कार्तिक २०८३, शनिबार

एमालेको काम-महत्त्वपूर्ण निर्णय लिनुपर्ने बेला ढुलमुले कुरा गर्ने, भाषण भने क्रान्तिकारी दिने हो : सिंह

  • ९ चैत २०७८, बुधबार
Image

काठमाडौं - नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले एमालेको काम महत्त्वपूर्ण निर्णय लिनुपर्ने बेला ढुलमुले कुरा गर्ने अनि क्रान्तिकारी भाषण दिने मात्रै भएको बताएका छन्।

सिंहले देश संकटमा पर्दा काम गर्न नसक्ने, महत्त्वपूर्ण निर्णय लिनुपर्ने बेला ढुलमुले कुरा गर्ने अनि क्रान्तिकारी भाषण दिने मात्रै भएको भन्दै एमालेप्रति आक्रोष पोखेका छन्।

आज काठमाडौंको शंखमुलमा ‘घर घर जाऊ, कांग्रेस जिताऊ’अभियान अन्तर्गत आयोजना गरेको भेटघाट कार्यक्रममा नेता सिंहले संकटमा मुलुकलाई नेतृत्व प्रदान गर्नेसक्ने पार्टी कांग्रेस मात्रै भएको बताए।

ठूला राजनीतिक परिवर्तनको नेतृत्व पनि कांग्रेसले नै गरेको र अस्थिरताबाट निकाससँगै जनताले चाहेको विकास कांग्रेसले नै दिएको भन्दै उनले अनावश्यक भ्रमको पछि नलाग्न आग्रह गरे।

अब देशको हित गर्ने पार्टी र ढुलमुले पार्टी छट्याउनुपर्ने नेता सिंहले बताए। कांग्रेसले मुलुकको राजनीति र सामाजिक आर्थिक रुपान्तरणका लागि महत्त्वपूर्ण भूमिका खेलेको भन्दै उनले कामै नगर्ने दलहरुको सपनाको पछि नलाग्न आह्वान गरे।

प्रतिक्रिया

सम्बन्धित खवर